१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।

प्रदेश प्रमुख परियारलाई किन पदमुक्त गरियो भन्ने राष्ट्रपति कार्यालयले खुलाएको छैन । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था विभिन्न कानुनी प्रावधान रहेका छन् । परियारलाई पदमुक्त गरिएको भनिएको १६५ (२) ख मा 'निजको पदावधी समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजमुक्त गरेमा' भन्ने कानुनी प्रावधान रहेको छ ।

यस्तो छ प्रदेश प्रमुखको पद रिक्त हुने कानुनी प्रावधान


प्रकाशित : फाल्गुन ७, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?