काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता हेमन्तप्रकाश वलीसँग भेट गरेका छन् । प्रहरी स्रोतका अनुसार वलीलाई भेट्न मन्त्री थापा मंगलबार बिहान १० : ५५ मा नख्खु कारागार प्रवेश गरेका थिए ।
दुई वर्षअघि पक्राउ गरिएका वलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ । सरकारका तर्फबाट चन्दसँग वार्ताको सन्देश दिन मन्त्री थापा कारागार पुगेको स्रोतको भनाइ छ । चन्दले सरकारसँग वार्ताको जिम्मा दिएका धर्मेन्द्र बास्तोला पनि केहीअघि पक्राउ परेका थिए ।
वली र बास्तोलालाई सरकारसँग वार्ताका लागि आउँदै गर्दा पक्राउ गरिएको उक्त समूहले दाबी गर्दै आएको छ ।हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले चन्दको पार्टीलाई प्रतिबन्ध लगाएको छ ।
