म्यानमारको सैनिक ‘कु’ बारे बोल्यो नेपाल सरकार

गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न आह्वान

काठमाडौँ — म्यानमारमा सोमबार भएको सैनिक ‘कु’ लाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ । 

म्यानमारको सैनिक ‘कु’ बारे बोल्यो नेपाल सरकार

सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीलगायतको गिरफ्तारीमा चासो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तत्काल रिहाईको आह्वान समेत गरेको छ ।

प्रकाशित : माघ १९, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?