देशभर ४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

मंसिर १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर आईसीयूमा ३७५ र भेन्टिलटेरमा ५८ जना गरी ४३३ जना कोरोना संक्रमित उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईसीयूमा प्रदेश १ मा ३२, प्रदेश २ मा ४, वाग्मती प्रदेशमा १५९, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ७२ , कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ५ जना उपचाररत छन् ।

त्यसैगरी भेन्टिलेटरमा प्रदेश १ मा ६, प्रदेश २ मा १, वाग्मतीमा ३५, गण्डकीमा ११, लुम्बिनीमा ३, सुदूरपश्चिममा २ जना उपचाररत छन् भने कर्णालीमा संख्या शून्य छ ।

देशभर होम आइसोलेसनमा ११ हजार ८१४ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully