डा. केसी-सरकार सहमतिपछि चिकित्सक संघले फिर्ता लियो आन्दोलन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक स‌ंघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

डा. केसी-सरकार सहमतिपछि चिकित्सक संघले फिर्ता लियो आन्दोलन

तर शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले बताएका छन् । रिजालले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक स‌ंघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् ।

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको थियो। त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीले आइतबार बिहान साढे ९ बजेतिर अनशन तोड्ने बताइएको छ । उनले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।

यसैगरि त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिषठान, न्याम्स र बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले पनि डा. केसी र सरकारबीच सहमति भएकाे भन्दै आकस्मिक र काेभिड बाहेकका सम्पूर्ण सेवा बहिष्कार लगायतका सबै कार्यक्रमहरू फिर्ता लिएकाे संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २५, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?