कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

दक्षिण अफ्रिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

श्रावण २०, २०७७
दक्षिण अफ्रिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

काठमाडौँ — दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।

पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए । उनी सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत थिए ।

थापाका अनुसार अफ्रिका महादेशमै कोरोनाबाट पहिलो नेपालीको मृत्यु भएको हो । अहिलेसम्म अफ्रिकाका दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्ट गरी २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जना निको भई घर फर्किएको थापाले जानकारी दिए ।

प्रकाशित : श्रावण २०, २०७७ ०६:३४
x
×