कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया सुरु

काठमाडौँ — भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । प्रस्तावमाथि मतदान प्रक्रिया पनि सुरु भएको छ ।

संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस, मतदान प्रक्रिया सुरु

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् ।

उक्त विधेयकमाथिको दफावार छलफल सकिएको छ । छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ ।

लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउनेछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?