कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

कुवेतबाट नेपाली महिला लिएर पहिलो जहाज उड्यो

होम कार्की, सुरज कुँवर

काठमाडौँ — कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।

कुवेतबाट नेपाली महिला लिएर पहिलो जहाज उड्यो

कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो । अहिले ६ बजे हुने उडानको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ । ‘हामीलाई मध्यरातमै एयरपोर्टमा लिएर आएको हो । स्वास्थ्य परीक्षण पनि भयो । स्वास्थ्य परीक्षणमा सफल भएपछि बोर्डिङ दिइएको छ’, दोस्राे उडानमा नेपाल आउँदै गरेकी लिम्बूले भनिन्, ‘इमिग्रेसन सकियो, अहिले हामी वेटिङ रुममा छौं ।’

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो । जिलिप डिपोर्टटेसनमा ७० जना थिए । उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् ।

यी सबै नेपालीलाई नेपाल ल्याउनको लागि कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक नेपाल ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?