साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

होम कार्की

काठमाडौँ — साउदी अरबको जेद्दामा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्यान गएको हो ।

जेद्दा क्षेत्रभित्र मात्रै संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । १० जना निको भइ क्याम्पमा फर्केका छन् ।

‘उपचारमा रहेका नेपाली नागरिकहरुमध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दु:खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘दु:खको यस क्षणमा कन्सुलेट परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

दूतावासले कोरोना संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले कोरोना संक्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्‍न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ । ‘कम्पनीले तोकेको क्वारेन्टाइनमा बस्दा खानाको प्रबन्ध नगरेमा तथा स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि थप स्वास्थ्य जाँच गराउन कम्पनीले पहल नगरेको अवस्थामा तुरुन्त यस कन्सुलेटमा सम्पर्क गर्नुहुन अनुरोध छ ’, कार्यबाहक महावाणिज्यदूत रेवती पौडेलले भने ।

आइसोलेसन वा क्वारेन्टाइनमा पालान गर्नुपर्ने नियमको उल्लंघन गर्नेलाई साउदी सरकारले ठूलो जरिवाना तोकेको छ ।

प्रकाशित : वैशाख २८, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

सीमा अतिक्रमणको विरोधमा गोरखामा नेविसंघको राँके जुलुस

कान्तिपुर संवाददाता

गोरखा — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्न सडक बनाएको विरोधमा आइतबार साँझ नेविसंघले राँके जुलुस निकालेको छ ।

अतिक्रमणको विरोधमा नेविसंघले सदरमुकामको हरमटारी चोकमा प्रदर्शन गरेको हो ।

अतिक्रमित भूमि फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको उनले बताए ।



प्रकाशित : वैशाख २८, २०७७ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×