साउदी अरबको जेद्दामा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्यान गएको हो ।
प्रदेश २ का सांसदहरुले प्रदेशमा घरेलु मदिरा नियन्त्रण गर्न माग गरेका छन् । घरेलु मदिराले पटक पटक मानवीय क्षति भएको भन्दै सांसदहरु प्रदेश सरकारले योजनाबद्ध तरिकाले मदिरा बिक्री वितरण नियन्त्रण गर्न माग गरेका छन् ।
रमदैयाको चमरटोली र मण्डल टोल शोकमा डुबेको छ । सुनसान टोलमा प्रवेश गर्न साथ आँखा रसाउँछ । होलीको रंग नछुट्दै रमदैया स्तब्ध बनेको छ । ८ जनाको मृत्युले घर घरमा रुवावासीले स्थानीय विक्षिप्त छन् ।
धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।