कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुबईबाट काठमाडौं र नेपालगन्ज हुँदै धनगढी पुगेका थिए संक्रमित

धनगढी — धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए । 

चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए । भोलिपल्ट ८ गते बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज उत्रिएका उनी त्यहाँबाट माइक्रो हायसमा धनगढी आइपुगेको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ ।


उनी दुई दिन घर बसेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा बस्दा उनको परिवार र नातागोतासँग सम्पर्क भएको थियो । शुक्रबारसम्म उनको परिवारका कुनै पनि सदस्य आइसोलेसनमा बसेका छैनन् । रुघाखोकी र ज्वरो आएपछि उनी आफैं अस्पताल पुगी भर्ना भएका थिए । अस्पतालले उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गर्‍यो ।


दुबईमा बैदेशिक रोजगारीमा रहेका उनी घर फर्कने क्रममा धनगढी पुग्दासम्म बाटोमा कतिजनासँग उनको सम्पर्क भयो भन्ने अझै यकीन छैन । उपचारमा संलग्न डाक्टरका अनुसार ३४ वर्षीय ती युवाको स्वास्थ्य अवस्था हालसम्म चिन्ताजनक छैन ।


सेती प्रादेशिक अस्पतालले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार हालसम्म अस्पतालमा १९ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । सबैको स्वाबको नमुना परीक्षाण गर्ने क्रममा हालसम्म ८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । १० जनाको रिपोर्ट आउन बाँकी छ । ८ जना सञ्चो भएर डिस्चार्ज भइसकेका छन् ।


यो पनि

प्रकाशित : चैत्र १४, २०७६ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?