सेशेल्समा रहेका २ सय नेपाली घर फिर्न चाहन्छन् 

कान्तिपुर संवाददाता

काठमाडौँ — होटल तथा पर्यटन केन्द्रीत पूर्वी अफ्रिकी टापु सेशेल्समा रहेका होटल–रेष्टुरा कोरोना सन्त्रासका कारण बन्द भएपछि त्यहाँ रहेका झण्डै २ सय नेपाली कामदारले जागिर गुमाएका छन् ।

सेशेल्सस्थित गैर आवासीय नेपाली संघका एक प्रतिनिधिका अनुसार पर्यटकमैत्री टापुमा १५ सय नेपाली कामदार रहेकोमा अधिकांस सरकारी तहको सुरक्षित रोजगारीमा रहेका छन् । ‘तर, कोरोना सन्त्रासका कारण पर्यटकीय चहलपहल बन्द भएपछि स्थानीय होटल–रेष्टुरामा कार्यरत झण्डै २ सयजतिको रोजगारी गुमेको छ,’ ती प्रतिनिधिले, ‘उनीहरु नेपाल फर्कन चाहन्छन्, तर उपाय देखिएको छैन ।’


जागिर गुमाउनेमध्ये भारतीय, श्रीलंकन, बंगालादेशीहरु घर फर्किएपनि नेपालीका लागि घर फिर्ने माध्यम नमिलेको ती प्रतिनिधिले जानकारी दिए ।


सेशेल्समा इटालियन, होल्याण्ड र स्थानीयसहित ८ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको बताउँदै यही सन्त्रासका कारण रोजगारी गुमेका नेपाली घर फर्कने मनस्थितीमा छन् । उनका अनुसार सेशेल्समा २ सयभन्दा बढी नेपाली प्रहरी, कारागार सुरक्षाकर्मीका रुपमा कार्यरत छन् ।


सेशेल्समा रहेका सबै नेपाली कानूनी हैसियतमा रहेको र कोरोना सन्त्रासको स्थिती साम्य भएपछि फेरि सेसेल्स फर्केर रोजगारीमा जोडिन चाहेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ १७:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रहरीद्वारा सार्वजनिक स्थानमा हात धुने व्यवस्था 

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी कार्यालय काठमाडौंले उपत्यकाका भिडभाड हुने १६ स्थानमा हात धुनका लागि साबुनसहितको पानी ट्यांङ्की राखेको छ । 


माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौं,भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा पानी ट्यांकी राखिएको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।

साबुन पानीले हात धुने,स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा केही हदसम्म भाइरस नियन्त्रण गर्न सकिने विशेषज्ञकको राय अनुसार सार्वजनिक स्थानहरुमा राखिएको साबुन पानीले हात धुन उनले सबैलाई आग्रह गरे ।

यस्तै,प्रहरी कर्मचारीहरुलाई मास्क वितरण गरिएको पनि डीआईजी पोखरेलले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ १६:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×