कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ 

जनकराज सापकोटा

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ 

प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरी प्रहरी स्रोतले जनायो । मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।

यो पनि

विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसबाट पछिल्लो तथ्यांकअनुसार ११ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संक्रमितको संख्या करिब पौने ३ लाख पुगिसकेको छ । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै लामो दूरीको यातायात, अन्तर्राष्ट्रिय उडानहरु रद्द गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थिए । त्यस्तै उनले कोभिड १९ को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने बताए ।

यो पनि

प्रकाशित : चैत्र ८, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?