कोरोना भाइरसको आशंकामा तीन जना नेपाली फ्रान्सेली अस्पतालमा

ददि सापकोटा

पेरिस — कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कोरोना भाइरसको आशंकामा तीन जना नेपाली फ्रान्सेली अस्पतालमा

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो । इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषद् (सेन्जेन) को अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली फिर्ता नपठाई अस्पताल भर्ना गरेको हो ।

आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्‍याएको थियो । आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेनन् । फ्रान्सका १२ प्रान्तमा हालसम्म १९१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण राष्ट्रपति एमानुयल म्याक्रोंले महत्वपूर्ण भ्रमणहरु रद्द गरेका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?