कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

फाल्गुन १९, २०७६

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी चाल्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोना नियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् । अन्तरिम आदेशमा विपक्षी बनाइएको सरकारका नाममा रिट निवेदनकर्ताले माग गरेअनुसार आदेश दिनु पर्ने वा नपर्नेबारे १५ दिनभित्र जवाफ दिन भनिएको छ । सर्वोच्च अदालतले कोभिड१९ नियन्त्रणका लागि सरकार गम्भीर देखिएको अन्तरिम आदेशमा लेखिएको छ । 

अन्तरिम आदेशमा लेखिएको छ, 'कोरोना भाइरस संक्रमणको भयावह कुनै एक भूगोलमा मात्र सीमित रहेको विषय नरहेको स्पष्ट छ । यसबाट जोगिन र संक्रमण देशमा भित्रिनै नदिन विपद पूर्वको जोखिम व्यवस्थापन समयमै हुन अति आवश्यक छ ।'

यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’  गठन गरिसकेको छ ।

अन्तरिम आदेशको पूर्णपाठः



कोरोना भाइरस

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully