कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सरकारले काेरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने

फाल्गुन १९, २०७६
सरकारले काेरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा नदिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरलाई बताए ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, हङकङ, सि‌ंगापुर, इटाली र इरान लगायतका अतिप्रभावित मुलुकमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाएको हो ।

कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतिबन्ध फुकुवा र थप देशमा रोक लगाउने निर्णय गरिने मन्त्री पोखरेलले जानकारी दिए । रोक लगाउने र फुकुवा गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले गर्ने पनि मन्त्री पोखरेलले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १९, २०७६ ११:२९
x
×