विवाद रहित कुनै पार्टी हुँदैन : अध्यक्ष दाहाल

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विवाद रहित कुनै पार्टी नै नहुने बताएका छन् । नेकपा वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रम बोल्दै उनले विवाद रहित भएको दिनदेखि पार्टी नै नचाहिने बताए । 


उनले भने,'कम्युनिस्ट जमेको पोखरीको पानी जस्तो होइन। द्वन्द्वात्मक भौतिकवादी हुन्छ, यो गडगडाउने खोला जस्तो हो। यो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, एकमुख भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्‍न सक्छ। तर, साँच्चै विवाद रहीत भएको दिनदेखि पार्टी नै चाहिँदैन।'


दाहालले कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म पार्टीभित्र विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने बताएका छन्। उनले ती परिस्थितिलाई पार्टीका नेताहरूले स्वीकार्नुपर्ने बताए। नेकपा सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधन लगायतका विषयमा विवाद सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरू उपस्थित कार्यक्रममा दाहालले उक्त अभिव्यक्ति दिएका हुन्।


उनले भने, 'अब एकले अर्कालाई आशंका गर्नुपर्ने आवश्यकता छैन, शंका गर्नुपर्ने छैन,' उनले भने, 'यसलाई थप विकसित गरेर जाने र अहिलेको आवश्यकताअनुसार देशको नेतृत्व गर्ने पार्टी बनाउने हो। कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्‍ने, ठक्कर खाने भइराख्‍ने भएकाले यसलाई सबैले स्वीकार्नुपर्छ।'


नेपालका राजनीतिक दलहरूको विगत हिंसात्मक आन्दोलन रहेको बताउँदै विगतलाई लिएर एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए। 'आफू मात्रै ठीक, अरु सबै बेठीक भन्ने गलत छ।'


दाहालले विचार, विधि र नेतृत्वको सम्मिलनबाट मात्रै तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सम्भव भएको बताए। उनले मुलुकको वर्तमान आवश्यकताअनुसार एकतालाई विकसित गरेर जानुपर्ने बताए।


सम्बन्धित समाचारः

सरकारको कामको समीक्षा गर्ने बेला भयो : नेपाल प्रकाशित : फाल्गुन १५, २०७६ १७:०१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेरो राष्ट्रियसभा सदस्यबारे २१ गते नै निश्‍चित हुन्छ : मन्त्री खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आफू दोस्रो पटक राष्ट्रियसभामा मनोनीत हुने वा नहुनेबारे अहिले बोल्ने बेला नभएको बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियसभा सदस्यको शपथ ग्रहणमा भेट हुने त्यहाँ नभएमा कुराकानी भइरहने बताएका हुन्।

खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत उनको ठाउँमा नेकपा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ। तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने खतिवडालाई नै निरन्ततरता दिने अडान लिएका छन्।

सोही विषयलाई लिएर सोधिएको प्रश्नमा खतिवडाको जवाफ थियो, 'मेरो बारेमा प्रश्न उठेको छ। राष्ट्रिय सभा सदस्यबारे २१ गते नै निश्चित होला। अहिले बोल्ने बेला भएको छैन।' 'फागुन २१ गते राष्ट्रियसभाका सदस्यहरूको शपथ ग्रहणको दिन तोकिएको छ। त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ,' उनले थपे, 'भेट नभएपनि कुराकानी भइरहन्छ। त्यतिबेला नै छलफल गरौंला।'

अर्को प्रसंगमा खतिवडाले विकास खर्च कम भएको भन्ने कुरा अस्वीकार गरे। गतवर्षभन्दा विकास खर्च बढी भएको उनको दाबी थियो।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणमा राजीनामा दिएकानिर्वतमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अनुसन्धान राज्यका निकायले गर्ने बताए। उक्त प्रकरणमा बाँस्कोटाले आफ्‍ना धारणा राखिसकेको बताउँदै उनले भने, 'अडियो प्रकरणमा पूर्वमन्त्रीको धारणा आइसकेको छ। सबै अनुसन्धान गरिने भएको छ। अख्तियार, संसदीय समितिले छानबिन गर्ने होलान्। कसैले मुद्दा हालेको भए अदालतलाई नि थाहा होला। ती निकायहरूबकाट नै निरुपण होस् भन्ने सरकारको धारणा हो।'

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १५, २०७६ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×