ललिता निवास जग्गा अनियमितता छानबिन प्रतिवेदन सीआईबीले गृहलाई बुझायो

माघ १७, २०७६

कृष्ण ज्ञवाली, स्वरूप आचार्य

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको छानबिन गरी गृहमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । 

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले गृहमन्त्रालयलाई बुधबार बेलुकी प्रतिवेदन बुझाएको हो । ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको पुष्टि गरे ।

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ । कारवाहीको सिफारिस परेकामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातदेखि अवकाशप्राप्त निर्वाचन आयुक्त सुधीर शाहसहितका अधिकारीहरु रहेका छन् । 

ललिता निवासको ११२ रोपनी जग्गा २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता भएको थियो । 


कृष्ण

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully