१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

ललिता निवास जग्गा अनियमितता छानबिन प्रतिवेदन सीआईबीले गृहलाई बुझायो

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको छानबिन गरी गृहमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । 

ललिता निवास जग्गा अनियमितता छानबिन प्रतिवेदन सीआईबीले गृहलाई बुझायो

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले गृहमन्त्रालयलाई बुधबार बेलुकी प्रतिवेदन बुझाएको हो । ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको पुष्टि गरे ।

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ । कारवाहीको सिफारिस परेकामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातदेखि अवकाशप्राप्त निर्वाचन आयुक्त सुधीर शाहसहितका अधिकारीहरु रहेका छन् ।

ललिता निवासको ११२ रोपनी जग्गा २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता भएको थियो ।


प्रकाशित : माघ १७, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?