उपराष्ट्रपति फर्केपछि जिसस उपप्रमुखबाट महायज्ञ उद्घाटन

रमेशकुमार पौडेल

चितवन — विवादित र ठगीमा संलग्न व्यक्ति नै यज्ञको प्रमुख वाचक रहेको समाचार सार्वजनिक भएपछि नारायणगढ नारायणी नदी किनारमा शनिबारदेखि सञ्चालन हुने एक महिने महायज्ञको उद्घाटन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुन उद्घाटन नगरी फर्के । उपराष्ट्रपति पुन फर्केपछि चितवन जिल्ला समन्वय समितिका उपाध्यक्ष मुनाकुमारी श्रेष्ठले महायज्ञको उद्घाटन गरेकी छन् ।

उपराष्ट्रपति फर्केपछि जिसस उपप्रमुखबाट महायज्ञ उद्घाटन

उपप्रमुख मुनाकुमारी श्रेष्ठले आफूलाई अचानक प्रमुख अतथि घोषणा गरिएको जानकारी दिइन् । ‘कार्यक्रममा उपराष्ट्रपति आउने भनेर पत्रचार भएको रहेछ । प्रमुखज्युले म भ्याउन्न तपाईं जानु होला है भन्नु भएको थियो । त्यस्तो सम्मानित व्यक्ति आउने कार्यक्रममा जिससको प्रतिनिधित्व खाली नहोस् भनेर म कार्यक्रममा गए’ श्रेष्ठले भनिन् । तर प्रतिक्षा गर्दा गर्दा उपराष्ट्रपति नआएको र आफूलाई प्रमुख अतिथि बन्न भनेको उनले सुनाइन् ।

‘त्यहाँ महानगरको कोही प्रतिनिधि देखिनँ । हैन के भयो कसो भएर यसो भयो भन्ने लाग्यो । मैले म प्रमुख अतिथि बन्नका लागि आएकै हैन भने । मैले यसो भनि रहँदा रहँदै उद्घोषकले मलाई नै प्रमुख अतिथि भनेर नाम घोषणा गरी हाल्नुभयो ।,’ चितवन जिजस उपपमुख श्रेष्ठले भनिन् । मञ्चमा पार्टीका प्रतिनिधिहरु पनि नहरेको उनले बताइन् ।

महाराजको आवरणमा ठगी

उपराष्ट्रपति पुन शनिबार दिउँसो बुद्ध एयरको उडानबाट काठमाडौं फर्केका हुन् । मध्यान्ह नै फर्कने तयारी रहे पनि उडानमा ढिलाई भएका कारण उपराष्ट्रपति पुन फर्कन अबेर भएको थियो । आयोजकहरुले यज्ञ निरञ्तर रहने बताएका छन् ।

भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले शनिबारदेखि नारायणगढ नारायणी नदी किनारमा एक महिने यज्ञ आयोजना गरेको हो । ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान माघीमेला महामहोत्स एवं संगितमय लीलामय अष्टोत्तरशत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम राखिएको छ ।

प्रकाशित : माघ ११, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?