ठग ‘महाराज’ नेतृत्वकाे कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने

काठमाडाै‌ं फर्किंदै

काठमाडौँ — ठगीमा संलग्न स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा शनिबार हुन लागेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी नहुने भएका छन् । कार्यक्रम विवादित भएपछि उपराष्ट्रपति काठमाडौं फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

ठग ‘महाराज’ नेतृत्वकाे कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले इकान्तिपुरसित भने, ‘कार्यक्रम विवादित भएपछि सहभागी नभइ काठमाडौं फकिर्ने तयारीमा उपराष्ट्रपतिज्यू हुनुहुन्छ ।,’

शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ को उपराष्ट्रपति पुनले उदघाटन गर्ने कार्यक्रम थियो । त्यसका लागि उपराष्ट्रपति शुक्रबार चितवन पुगेका थिए ।


भण्डारीले अमेरिका पठाउने भनेर करिब सय जनासँग रकम असुली र वर्षौंदेखि महाराजको आवरणमा ठगी गरेको समाचार कान्तिपुर दैनिकमा शनिबार प्रकाशित भएपछि उपराष्ट्रपति कार्यक्रम उद्‌घाटनमा नजाने भएका हुन् ।

यो पनि

प्रकाशित : माघ ११, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?