काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । सभामुखको उम्मेदवार चयन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहानको छलफल सभामुखको उम्मेदवारका बारेमा सहमति नजिक पुगेपछि ४ बजे सचिवालय बैठक बोलाइएको थियो । उक्त बैठक केहीबेर अघि सुरु भएको हो ।
सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि आह्वान गरिएको छ ।
सभामुखमा नेता अग्नि सापकोटालाई पठाउने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।
