सभामुखमा अग्‍निको नाममा ‘लगभग’ सहमति 

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अग्‍निप्रसाद सापकोटालाई सभामुख बनाउन ‘लगभग’ सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भए पनि अन्तिम निर्णय भने सचिवालय बैठकबाट हुने भएको छ । 

सभामुखमा अग्‍निको नाममा ‘लगभग’ सहमति 

‘दुई अध्यक्षबीच करिब-करिब सहमति जुटेको छ । ४ बजे सचिवालय बैठक बस्दैछ । अन्तिम निर्णय त्यहाँबाट हुन्छ,’ दाहालनिकट स्रोतले भन्यो ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए ।

उनको राजीनामा पछि सभामुखको प्रस्ताव अध्यक्ष ओलीले गर्ने कि दाहालले भन्नेमा नेकपामा विवाद चुलिएको थियो । जसकारण पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । यसअघि अध्यक्ष ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका थिए । यस्तै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेकी थिइन् ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : माघ ५, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?