हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

फाल्गुन १५, २०७५

सुरज कुँवर, जनकराज सापकोटा

काठमाडौँ — बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि उडेको कल साइन नाइन एन अल्फा माइक इन्डिया (एएमआई) हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका  उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए । 

त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए । उनले भने, 'हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ ।'


यस्तै डिआइजी केदार रिजालका अनुसार ४ जना प्रहरी पुगिसकेका छन् ।

यो पनि पढ्नुहोस्ः

प्रत्यक्षदर्शी भन्छन्- 'हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ'

पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटनारवीन्द्र अधिकारी दुर्घटनामा

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully