साँखुमा प्रहरीले लागूऔषध कारोबारी समात्न गोली चलायो

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको हो ।

वैशाख ११, २०८३

गौरव पोखरेल

Police open fire to arrest drug dealer in Sankhu

काठमाडौँ — काठमाडौंको साँखुमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको हो । उनीसहित दुई जना लागूऔषध कारोबाही पक्राउ परेको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

‘प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलेको हो, दुई जना अझै फरार छन्,’ उनले भने, ‘पक्राउ परेकाको साथबाट एउटा पेस्तोल र ३ राउण्ड गोली बरामद भएको छ ।’

गोली लागेका व्यक्ति नेपाली नागरिक हुन् । उनको परिचय प्रहरीले खुलाइसकेको छैन ।

थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार :

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully