काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Sunita Dangol appointed as acting chief of Kathmandu Metropolitan City

काठमाडौँ — काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् ।

महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था  छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् । 

राजीनामा दिएलगत्तै उनी रास्वपाको पार्टी कार्यालयमा पुगेका थिए । उनी १० मिनेटमै त्यहाँबाट बाहिरिएका छन्।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्। शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट लड्ने तयारीमा छन् ।

कान्तिपुर

Link copied successfully