उद्यम मेला : युवाको सिर्जना र नवप्रवर्तनको एउटै मञ्च

नेपालमै केही गर्ने सोचले उद्यम मेलामा आफूले बनाएका सामग्री प्रदर्शन गर्नेमा सबैभन्दा धेरै युवाहरु देखिन्थे ।

मंसिर १२, २०८२

अंगद ढकाल, आरती पौडेल

Enterprise Fair: A platform for youth creation and innovation

What you should know

काठमाडौँ — लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) को हल्ट प्राइजले दिगो प्रणाली संस्थासँगको सहकार्यमा शुक्रबार पाटनमा उद्यम मेला आयोजना गरेको छ । पाटनको पिलाछें कम्युनिटी होमस्टेमा आज एक दिने मेला सञ्चालन भएको हो ।

मेलाले विभिन्न उद्यमीहरूलाई आफूले उत्पादन गरेका प्रडक्टहरु, आफ्नो आइडिया, इनोभेसनलाई समुदायमा प्रस्तुत गर्न प्लाटर्फम प्रदान गर्‍यो । मेलामा ३० स्टल थिए ।

मेलामा सहभागी उद्यमीहरुमध्ये केहीले भर्खर व्यवसाय सुरु गरेका थिए । केही भने वर्षौंदेखि आफूले गर्दै आएको व्यवसायको बारेमा धेरैभन्दा धेरै मानिसमा पुर्‍याउन उक्त मेलाले आफ्नो व्यवसायलाई सहयोग पुर्‍याउने सोचसहित आएको बताए। 

केहीले हातले बनाएका विभिन्न कपडा बेच्दै गरेका देखिए, केही उद्यमी रिबनबाट बनाएका फूल बेचिरहेका थिए । कोही भने फरक फरक स्वादका परिकार बेचिरहेका थिए । 

लुन मर्हजन र मिनिसा मर्हजन उमेरले युवा हुन् । लुना २० वर्षकी मात्र भइन्, मिनिसा भने १८ मात्र । उनीहरु ब्याचलर पढ्दै छन् । दुवै जना बीसीए पढ्दैछन् । उनीहरुले धागोबाट हातले बुनेका सामग्री तयार पार्छन् । बुनेको गलबन्दीदेखि फूल, ब्याग, ह्यान्डब्यान्ड, क्लीप जस्ता विभिन्न सामग्री अर्डर अनुसार बनाएर उनीहरुले बेच्दै आएका छन् । 

Enterprise Fair: A platform for youth creation and innovation

उनीहरुको उद्यम मेलामा पहिलो पटक स्टल राखेको बताए । लुनाले भनिन्, ‘हामीले काम गर्न सुरु गरेको पनि खासै धेरै भएको छैन । यो हामीले राखेको पहिलो स्टल हो । निकै नै खुसी लागेको छ । यस्तो मेलाले हामीजस्तो भर्खर आफ्नो बिजनेस सुरु गर्नेलाई ठूलो हेल्प गर्छजस्तो लाग्छ ।’ उनीहरु दुवै जना नेपालमै व्यवसाय गरेर बस्ने सपना रहेको बताए । 

त्यसरी नै आफ्नो अनलाइन व्यवसाय राम्रो बनाउने उद्देश्यले स्टलमा आफ्नो सामान राखेकी थिइन् ज्योति मर्हजन । करिब एक वर्षयता 'लाइट फ्रम हिमालयज' नाम गरेको सुगन्धित क्यान्डेल बनाएर बेच्ने आएकी छन् उनी ।  ‘हामीकहाँ विभिन्न प्रकार र डिजाइनका क्यान्डेलहरु बन्छन् । जुन हेर्दा आकर्षक देखिनुको साथै बास्नेदार पनि हुन्छ,’ उनले भनिन्, ‘यसको बास्ना पनि र एकदमै मीठो हुन्छ । डिजाइन पनि राम्रो हुन्छ ।’ ज्योति अहिलेका युवालाई यी सामग्री मनपर्ने र डिमान्ड धेरै भएकाले आफूहरुको बिजनेस राम्रो भएको बताउँछिन् । 

Enterprise Fair: A platform for youth creation and innovation

त्यसरी नै आफ्नो व्यवयास फस्टाओस् भन्ने उद्देश्यले एक स्टलमा आफ्ना विभिन्न सामग्री राखिरहेकी थिइन् स्वर्ण ताम्राकारले । तामाका कप, मोबाइल कभर, हेयर आयल, झुम्का, रबर जस्ता विभिन्न सामग्री उनको स्टलमा थिए । स्वर्ण २३ वर्षदेखि तामाको गिलास जस्ता विभिन्न सामग्रीको व्यवसाय गर्दै आइरहेकी छन् । अनलाइनबाट धेरै व्यापार हुने भएकाले आफ्नो व्यवसायको बारेमा सबैलाई थाहा होस् भन्ने उद्देश्यले आफू आएको बताइन् । ‘अहिले पसलमा गएर सामान किन्न भन्दापनि मानिसहरु अनलाइनबाट सामान मगाउन सजिलो मान्ने गर्छन् । त्यसैले सबैलाई हाम्रो व्यवसायको बारेमा जानकारी होस् भनेर नै हामी यहाँ आएका हौँ,’ उनले भनिन्, ‘हाम्रो पसल पनि छ । तर आजकाल अनलाइनबाट नै धेरै व्यापार हुने गरेको  छ ।’

यसरी नै पिलाछेंमा स्थानीय महिलाको समूह मिलेर नेवारी खानेकुरा बेचिरहेका थिए । यस्तो मेलाले आफूहरुले पकाउने पकवानको बारेमा, संस्कार, संस्कृतिको बारेमासमेत अन्य समुदायका मानिसलाई थाहा हुने गीता मर्हजन बताइन् । उनले भनिन्, ‘घरमा बसेर समय खेर फाल्नभन्दा त्यस्तो मेलाले समय पनि राम्रै तरिकाले बित्ने, पैसा पनि हुने र हाम्रो समुदायको संस्कार, संस्कृतिको बारेमा पनि धेरैलाई थाहा हुने हुन्छ ।’ उनीहरुको ६ जनाको समूह छ । एउटा मेलाबाट आफूहरुले कम्तीमा ७ देखि ८ हजारसम्म कमाउने गरेको उनी बताउँछिन् ।  

Enterprise Fair: A platform for youth creation and innovation

नेपालमै केही गर्ने सोचले उद्यम मेलामा आफूले बनाएका सामग्री प्रदर्शन गर्ने समूहमा सबैभन्दा धेरै युवाहरुको जमात देखिन्थ्यो । आफूले बनाएका बुके बेचिरहेकी थिइन् १८ वर्षीया दिलाशा बासुकला । उनले पनि ६ महिनाअगाडि मात्र रिबनबाट बुके बनाएर बेचिरहेकी छन् । दिलाशा फुर्सदका बेला मात्र बुके बनाउँथिन् । साथीहरुले निकै मन पराएपछि र आफूलाई पनि बनाइदिन भनेपछि उनले रिबनको बुके बनाएर बेच्ने निर्णय गरिन् ।

Enterprise Fair: A platform for youth creation and innovation

अहिले उनको बिजनेस निकै राम्रो भएको र नेपालमै बसेर व्यवसाय गर्ने आफ्नो सपना रहेको बताइन् । ‘सुरुमा आफूलाई मन परेर बनाउन थालेकी थिएँ । सबैलाई मन परेर अर्डर गरेपछि आजकल अनलाइन बिजनेस गरिरहेकी छु,’ उनले भनिन्, ‘अहिले नै राम्रो छ । म त नेपालभन्दा बाहिर जाने सपना पनि देखेको छैन । नेपालमै व्यवसाय गरेर बस्ने हो ।’

विभिन्न संस्थामा आबद्ध रहेर काम गरिरहेका महिला उद्यमीहरु पनि आफूले बनाएका विभिन्न सामग्रीको प्रचार होस् भन्ने उद्देश्यले आएको बताए । 

Enterprise Fair: A platform for youth creation and innovation

मेलामा आफूहरुले बनाएका ब्याग, पछ्यौरी साथै विभिन्न नेपाली प्रडक्ट बनाएको सामान बेच्न आइरहेका थिए– सरिता तामाङ र भगवती श्रेष्ठ । सात वर्षदेखि सुनगाभा नेपालसँग आवद्ध भएर काम गरिरहेका उनीहरु आफ्नो संस्थाको बारेमा सबैलाई थाहा होस् भन्ने उद्देश्यले नै उद्यम मेलामा आएको बताए । उनीहरु यस्ता मेलाले आफ्नो व्यवसाय फस्टाउनलाई सहयोग गर्ने बताए । 

Enterprise Fair: A platform for youth creation and innovation

यस्तो प्रकारको मेला समय समयमा गरेमा नेपालमै केही गर्न चाहनेको व्यवसायीलाई ठूलो सहयोग हुने उद्यम मेलामा सहभागी रहेका उद्यमीहरुले बताए । 

हल्ट प्राइज एट एलएसीएमकी क्याम्पस डाइरेक्टर इच्छा चन्दले मेलाले धेरै उद्यमीहरुलाई प्लाटर्फम दिएको र आफूहरुले सोचेअनुरुप नै मेला सम्पन्न भएको बताइन् । ‘नेपालमै केही गर्ने सोचले बिजनेस गरिरहेको युवाको ग्रो होस् भनेर नै मेला आयोजना गरेका थियौँ । मेला सफल भएको महसुस भएको छ,’ उनले भनिन्, ‘प्लास्टिकको प्रयोग कतैपनि भएको थिएन । हामीले आजको मेलाबाट धेरै कुरा सिक्ने मौका पाएका छौँ ।’

मेलाले साना उद्यमीहरुलाई सशक्तीकरण सहभागीहरुलाई प्रोत्साहन, स्थानीय आर्थिक गतिविधिलाई समर्थन, सामुदायिक विकासको लक्ष्य राखेर आयोजना गरेको कार्यक्रम सफल रुपले सम्पन्न भएको चन्दले बताइन् ।

मेलामा लियो क्लब अफ अल्काले रक्तदान शिविरसमेत राखेको थियो । 

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully