किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि खोटाङकी सुत्केरी महिला मिनाश्री राईको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो ।
काठमाडौँ — किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएको विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा छलफल भएको छ ।
अस्पतालमा तीन दिनअघि खोटाङकी सुत्केरी महिला मिनाश्री राईको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो । राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएपनि अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको आफन्तको दाबी छ ।
मृतकका आफन्तसहितका मानिसहरुले अस्पतालमा तोडफोडसमेत गरेका थिए । त्यसपछि सीडीओ, अस्पताल प्रशासन र मृतकका आफन्तसहितको छलफल भएको हो । अस्पताल क्षेत्रको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसहित २४ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।
अहिले पनि अस्पताल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
