पत्रकार चौधरीलाई नयन मिडियाको सहयोग

फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को अवसरमा सुनसरीमा क्रियाशील सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Journalist Chaudhary receives support from Nayan Media

काठमाडौँ — दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।

नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबीबापतको रकम हस्तान्तरण गरे । 

नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते कर्मचारीलाई आर्थिक राहत पुगेको बताए।

सञ्चारकर्मीको सुरक्षालाई प्राथमिकतामा राख्दै नयन मिडिया फाउन्डेसनले निःशुल्क दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरेको कार्यको उनले मुक्तकण्ठले प्रशंसा गरे।

यस्ता अभियानले सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई थप सुरक्षित, उत्साहित र आत्मविश्वासी बनाउने उनको विश्वास छ ।  

नयन मिडिया फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को अवसरमा सुनसरीमा क्रियाशील सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ।

फाउन्डेसनका बिमा संयोजक देवराज पुरीका अनुसार यस वर्ष सुनसरीका ३१४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिएको छ।

कान्तिपुर

Link copied successfully