दिगो र घाम पावरबीच रणनीतिक साझेदारी

प्रस्तावित ब्याट्री ऊर्जा स्टोरेज प्रणालीले दिनभर सोलार प्रणालीबाट उत्पादित अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यकताको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ ।

श्रावण ३, २०८३

कान्तिपुर संवाददाता

Strategic partnership between Diso and Gham Power

काठमाडौँ — दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्ज पोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म सिटमा हस्ताक्षर भएको छ ।

यो सहकार्य नेपाललाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधारतर्फ अग्रसर गराउने अर्को महत्त्वपूर्ण कदमका रूपमा लिइएको जारी गरिएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

‘साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी बनाइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

उच्च विद्युत् माग हुने समयमा पावर ग्रिडको निर्भरता कम गर्दै स्वच्छ ऊर्जाको उपयोग बढाइने लक्ष्य राखिएको बताइएको छ ।

प्रस्तावित ब्याट्री ऊर्जा स्टोरेज प्रणालीले दिनभर सोलार प्रणालीबाट उत्पादित अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यकताको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ ।

भविष्यमा नेपालभर स्थापना हुने सफा ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि एउटा नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully