महासंघको रोजगारदाता परिषद् गठन प्रक्रियाले पायो पूर्णता

परिषद्को पहिलो बैठकमा बिहीबार रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेको सभापतित्वमा गठित परिषद्का सदस्यलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे

असार ३२, २०८३

कान्तिपुर संवाददाता

The process of forming the Federation's Employers' Council has reached completion.

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत श्रम तथा रोजगारसम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषद् गठन प्रक्रियाले पूर्णता पाएको छ ।

परिषद्को पहिलो बैठकमा बिहीबार रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेको सभापतित्वमा गठित परिषद्का सदस्यलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे ।

श्रम तथा रोजगार क्षेत्रको सुधार, सुदृढीकरण तथा उद्योग–व्यवसायमैत्री श्रम सम्बन्ध स्थापना गर्न रोजगारदाता परिषद्को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको श्रेष्ठले बताए ।

वर्तमान औद्योगिक श्रम सम्बन्ध विगतको तुलनामा थप सकारात्मक र सुमधुर बन्दै गएको उल्लेख गर्दै उनले न्यूनतम पारिश्रमिकलाई क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको जानकारी जनाए ।

यस सन्दर्भमा परिषद्का सदस्यले निजी क्षेत्रको साझा धारणा तयार गरी तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा प्रभावकारी नीति पैरवी गर्नुपर्नेमा उनको जोड छ ।

कान्तिपुर

Link copied successfully