आधिकारिक रूपमा सार्वजनिक हुनुअघि ‘गेस एन्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ योजना पनि सार्वजनिक गरेको छ ।
काठमाडौँ — प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतीक्षित विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ । कम्पनीले गाडीको आधिकारिक रूपमा सार्वजनिक हुनुअघि ‘गेस एन्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ योजना पनि सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले इ.मास ५ को सम्भावित बजार मूल्य अनुमान गरी कम्पनीले उपलब्ध गराएको वेबसाइटमार्फत मूल्य ‘लक’ गर्न सक्नेछन् । आधिकारिक लन्च मूल्यसँग मिल्ने वा सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन् ।
‘इ.मास ५ प्राइम’ भेरियन्टका लागि अनुमानित मूल्य दायरा २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ र ‘प्रिमियम’ भेरियन्टका लागि ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । योजनामा सहभागीमध्ये लक्की ड्रमार्फत प्रत्येक भेरियन्टबाट पाँच–पाँच जना विजेता छनोट गरिनेछ ।
कम्पनीले एक लाख रुपैयाँ बुकिङ रकम निर्धारण गर्दै इ.मास ५ को औपचारिक बुकिङ पनि सुरु गरेको छ । ग्राहकले बैंक वा अनलाइनमार्फत रकम भुक्तानी गरी आवश्यक विवरण वेबसाइट वा कम्पनीका सेल्स कन्सल्टेन्टमार्फत बुझाएर बुकिङ गर्न सक्नेछन् ।
प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इ.मास ५ ले हालै मलेसियामा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको कम्पनीको दाबी छ । नेपालमा यो आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ विद्युतीय कम्प्याक्ट एसयूभी हुने कम्पनीले जनाएको छ ।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा बलियो विकल्प बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
