हुन्डाई नेक्स्ट जेन कप सम्पन्न, भेन्यु टोली विजेता

प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा टिम क्रेटा इलेक्ट्रिकलाई पराजित गर्दै टिम भेन्यु विजेता बनेको कम्पनीले जनाएको छ ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

Hyundai Next Gen Cup concludes, Venue team emerges winner

काठमाडौँ — हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए ।

प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा टिम क्रेटा इलेक्ट्रिकलाई पराजित गर्दै टिम भेन्यु विजेता बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतियोगिताको उद्देश्य ग्रासरुट फुटबलको विकास गर्दै युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो । प्रतियोगिताले खेलाडीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेपाली फुटबलको आधारस्तर विकासमा योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्ने आत्मविश्वास दिलाउने बताए ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदार हुन्डाईले आफ्नो ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार नेपालमा पनि ग्रासरुट फुटबल प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरेको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि युवा खेलाडीलाई अवसर प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully