कम्पनीका अनुसार यो बिमा योजना न्यूनतम १ हजार ३ सय ९९ रुपैयाँ प्रिमियमबाट सुरु भई ६ लाख रुपैयाँसम्मको बिमा सुरक्षा प्रदान गर्नेछ ।
काठमाडौँ — डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरेको ‘सहारा हेल्थ इन्सुरेन्स’मार्फत स्वास्थ्य बिमामा नागरिकको पहुँच विस्तार गरिरहेको जनाएको छ । कम्पनीका अनुसार यो बिमा योजना न्यूनतम १ हजार ३ सय ९९ रुपैयाँ प्रिमियमबाट सुरु भई ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्नेछ ।
इसेवाका अनुसार योजना पूर्ण रूपमा डिजिटल भएकाले ग्राहकले कुनै कागजी प्रक्रिया वा बिमा कम्पनीको कार्यालय धाउनुपर्ने छैन । इसेवा एपमार्फत केही मिनेटमै बिमा खरिद तथा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
योजनाअन्तर्गत ग्राहकले आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा छनोट गर्न सक्नेछन् । बिमाले २४ घण्टा वा सोभन्दा बढी अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डे–केयर सेवा तथा अस्पताल भर्नाअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्ने कम्पनीले जनाएको छ । साथै, १ लाख रुपैयाँसम्मको दुर्घटना बिमासमेत समावेश गरिएको छ ।
५ देखि ६५ वर्ष उमेर समूहका लागि उपलब्ध यो योजना इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । भुक्तानीपछि बिमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने व्यवस्था छ ।
गत भदौदेखि सञ्चालनमा आएको यस योजनाबाट एक वर्ष नपुग्दै १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेको इसेवाले जनाएको छ । कम्पनीले विभिन्न बिमा कम्पनीसँगको सहकार्यमा अन्य बिमा योजनासमेत उपलब्ध गराउँदै आएको छ ।
