फोटोनले पाँच स्थानमा थप्यो ईभी सर्भिस सेन्टर

कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा ‘फोटोन टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट’ स्थापना गरेको जनाएको छ ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

Foton adds EV service centers in five locations

काठमाडौँ — विद्युतीय सवारी ब्रान्ड फोटोनले देशका पाँच स्थानमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा ‘फोटोन टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट’ स्थापना गरेको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै फोटोनको बिक्रीपछिको सेवा सञ्जाल देशभर २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट ग्राहकले आफ्नै क्षेत्रबाट विद्युतीय सवारीसाधनको मर्मत, प्राविधिक परीक्षण, वारेन्टी सहयोग तथा अन्य बिक्रीपछिका सेवा सहज रूपमा पाउने कम्पनीको दाबी छ ।

नयाँ सर्भिस सेन्टरमा विद्युतीय सवारीसाधनका लागि आवश्यक डाइग्नोस्टिक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथा जेन्युइन स्पेयर पार्ट्सको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । फोटोनका अनुसार नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै गएसँगै काठमाडौंलगायत प्रमुख सहरी क्षेत्रबाहिर पनि बिक्रीपछिको सेवा विस्तार गर्ने उद्देश्यले नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

यसबाट सवारीसाधन मर्मतका लागि लामो दूरी यात्रा गर्नुपर्ने अवस्था घट्नुका साथै सञ्चालन खर्च र समयसमेत बचत हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । कम्पनीले नियमित मर्मतसम्भार, रोकथाममूलक परीक्षण तथा छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘फोटोन टोटल केयर’ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

नयाँ शिल्ड सर्भिस प्वाइन्टहरू पनि सोही कार्यक्रमअन्तर्गत आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । नेपालमा फोटोनका विद्युतीय व्यावसायिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले सेवा सञ्जाल विस्तारलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

कान्तिपुर

Link copied successfully