दृष्टिविहीन बालबालिकालाई सिटिजन्स बैंकले दियो ब्रेल शैक्षिक सामग्री

बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला, कम्प्युटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

Citizens Bank provides Braille educational materials to visually impaired children

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बाासगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ ।

२०४५ सालमा स्थापित सामुदायिक विद्यालयमा १ हजार २ सय विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राखेर बैंकले आफ्नो सहयोग उपलब्ध गराएको जनाइएको छ ।

बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला, कम्प्युटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully