कस्टमर एक्सपेरियन्स जोनसहित साओमीका नयाँ सर्भिस सेन्टर

टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

असार २२, २०८३

कान्तिपुर संवाददाता

Xiaomi's new service center with customer experience zone

काठमाडौँ — प्रविधि कम्पनी साओमीले धरानलाइन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यी सर्भिस सेन्टर साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेयरेबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरेबल्स (इयरफोन/हेडफोन), तथा आईओटी उपकरणको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले बताएको छ ।

सर्भिस सेन्टरले साओमीका वास्तविक (जेन्युइन) स्पेयर पार्ट्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यी सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्ने बताइएको छ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully