करिब ४ हजार ३ सय ४५ वर्गमिटर क्षेत्रफलबाट पानी संकलन गर्ने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ — काठमाडौंको सहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना शिलान्यास गरिएको छ ।
बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजनाको शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सीसीबीएन) तथा सीआईयूडीका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकामा बढ्दो जलसम्बन्धी चुनौती समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइयो ।
परियोजनाले वर्षाको पानी तथा सतहमा बग्ने पानी संकलन गरी जमिनमुनिको जलभण्डार (एक्विफर) पुनर्भरण गर्ने प्रभावकारी प्रणालीको नमुना प्रस्तुत गर्ने बताइएको छ ।
करिब ४ हजार ३ सय ४५ वर्गमिटर क्षेत्रफलबाट पानी संकलन गर्ने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको छ ।