नाडाको स्वर्ण उत्सव

२०३२ सालमा स्वर्गीय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५०औं वर्षको शुभ–अवसरमा विभिन्न कार्यक्रमसहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

NADA's Golden Jubilee

What you should know

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको ५० वर्ष पुगेको छ । उक्त अवसरमा नाडाले स्वर्ण उत्सव मनाएको छ । स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटेल याक एन्ड यती दरबारमार्गसम्म विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, नाडाका पूर्वअध्यक्ष, नाडाका सम्पूर्ण सदस्य कम्पनी र सञ्चारकर्मीको सहभागितामा शनिबार वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन गरियो । २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५०औं वर्षको शुभ–अवसरमा विभिन्न कार्यक्रमसहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो ।

NADA's Golden Jubilee

उत्सवका अवसरमा नाडाले आफ्ना पूर्वअध्यक्षलाई विशेष सम्मान गरेको छ । स्वर्ण उत्सव समारोह १३ देखि १९ असारसम्म साताव्यापी रूपमा विभिन्न कार्यक्रमसहित राजधानी र सातै प्रदेशमा गरिने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए । ५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ । अहिलेसम्म २१ जना अध्यक्षले नाडाको नेतृत्व सम्हालिसकेका छन् ।

यस अवधिमा नाडाको वार्षिक प्रकाशनका रूपमा ३६औं संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्युजसमेत प्रकाशित गरिसकेको छ । आगामी भदौमा १८औं संस्करणको नाडा अटो शो आयोजना गर्ने क्रममा नाडा छ । नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संघमध्ये सो महासंघबाट उत्कृष्ट वस्तुगत एसोसिएसनको पुरस्कारबाट पटकपटक सम्मानित भइसकेको नाडाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully