नेपाल मेडिसिटीले अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ ।
काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जमलस्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पति÷पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार नेपाल मेडिसिटीले अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ । यद्यपि औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य परीक्षणमा भने उक्त छुट लागू हुने छैन ।
बिमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू नहुने व्यवस्था गरिएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
