काठमाडौं मेरियट होटेलमा थाई परिकार

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्ने जनाइएको छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Thai cuisine at Kathmandu Marriott Hotel

काठमाडौँ — काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौंमै अनुभव गराउने भएको छ ।

यसका लागि होटलले फ्लेभर्स अफ थाइल्यान्ड नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ ।

एडामामे रेस्टुरेन्टमा सुरु भएको यो इभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन भइरहेको मेरियटले जनाएको छ । यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत छन् ।

थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानी तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरीमार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक  स्वाद प्रदान गरिरहेको मेरियटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्ने जनाइएको छ ।

‘प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकार ताजा हब्र्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।   

कान्तिपुर

Link copied successfully