आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलाङ काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।
काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरलगायत शैक्षिक सामग्री उपलब्ध गराइने इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलाङ काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।
कम्पनीको यस सहयोगले उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ ।
समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्त्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।
दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
