एएफए अवार्ड्सका लागि मनोनयन खुला, १६ देशका कम्पनी प्रतिस्पर्धामा

एएफए अवार्ड्सका लागि जुन ८ देखि जुलाई ५ सम्म मनोनयन खुला गरिएको छ, जसमा १६ देशका सदस्य संस्थाले सात कम्पनीसम्म मनोनयन गर्न पाउनेछन् ।

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Nominations open for AFA Awards, companies from 16 countries competing

काठमाडौँ — एसिया फिनटेक एलायन्स (एएफए) ले पहिलोपटक 'एएफए अवार्ड्स' आयोजना गर्ने भएको छ । यसका लागि हाल मनोनयन खुला गरिएको छ । अवार्डमा १६ देशका सदस्य संस्थाबाट मनोनयन गरिएका कम्पनीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक सदस्य संस्थाले बढीमा सात कम्पनी मनोनयन गर्न सक्नेछ ।

प्रतियोगी कम्पनीको मूल्यांकन १६ अर्थतन्त्रका भेन्चर क्यापिटल इन्भेस्टर र उद्योग विज्ञको प्यानलले दुई चरणमा गर्ने  एएफएले जनाएको छ । अवार्डमा ग्रान्ड अवार्ड-क्रस बोर्डर फिनटेक युनिकर्न पोटेन्सियल, फाइनान्सियल इन्फ्रास्ट्रक्चर अवार्ड, रेगुलेटरी एक्सिलेन्स अवार्ड, मार्केट एक्सपान्सन अवार्ड र फास्टेस्ट ग्रोथ अवार्ड गरी पाँच विधा रहनेछन् ।

मनोनयन प्रक्रिया जुन ८ देखि जुलाई ५ सम्म चल्ने आयोजकले जनाएका छन् । एएफए अवार्ड्स समारोह भने सेप्टेम्बर १ मा ताइपेइमा हुनेछ । 

कान्तिपुर

Link copied successfully