ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन

आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

जेष्ठ २१, २०८३

कान्तिपुर संवाददाता

Proton expanding EV production capacity

काठमाडौँ — नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी गरेको छ ।

बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेभेनले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

‘मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३ सय २९ प्रतिशतको वृद्धि भएको छ,’ कम्पनीले जारी गरेको विज्ञपितमा भनिएको छ, ‘केवल चार महिनामै ११ हजार ६ सय १७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिंगिट लगानी गर्ने घोषणा गरेको छ ।’

यससँगै आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully