उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे

निकटतम् प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मतले पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

जेष्ठ १९, २०८३

घनश्याम गौतम

Ghimire appointed as the chairman of the High Court Bar Association, Butwal

बुटवल — उच्च अदालत बार एसोसिएसन बुटवलको अध्यक्षमा माधवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे ७७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी शर्मलाल पन्थीले ४४ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा ओमप्रसाद पंगेनी ६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज बस्यालले ५४ मत प्राप्त गरे । सचिवमा लोकप्रसाद खरेल, कोषाध्यक्षमा मीना महत जीसी तथा सहसचिवमा निशाकुमारी खरेल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा बाबुराम न्यौपाने, मुन्नी न्यौपाने, चतुर्भुज पन्थ, दामोदर घिमिरे, रामप्रसाद भुसाल, मनोज श्रेष्ठ, संजिता पौडेल र कृष्णा रोका निर्वाचित भए । 

त्यस्तै पार्षदहरूमा टुकराज पाण्डे, सिर्जना थापा, यमुना गुरुङ, विद्या घिमिरे, विष्णुप्रसाद भट्टराई, प्रकाशकुमार नेपाल, जीवनारायण अधिकारी र उद्धवचन्द्र गौतम निर्विरोध भए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully