कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं ईकमर्स प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीउनवाईमै सहज भुक्तानी गर्न सकिने
काठमाडौँ — हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले र चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउन नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं ईकमर्स प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीउनवाईमै सहज भुक्तानी गर्न सकिने हुँदा बजारमा उपलब्ध अन्य उपकरणको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने बैंकले जनाएको छ ।
