डिजिटल वितरण प्रणाली निर्माणमा जावलाखेल ग्रुप र हिमालयन डिस्टिलरीले गरे आईएमएस सफ्टवेयरसँग सहकार्य

दुवै कम्पनीले आफ्ना वितरण प्रणालीमा रियल टाइम ट्र्याकिङ, अटोमेटेड बिलिङ तथा विस्तृत रिपोर्टिङ जस्ता डिजिटल सुविधा ल्याउन खोजेका छन् ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Jawalakhel Group and Himalayan Distillery collaborate with IMS Software to build a digital distribution system

काठमाडौँ — नेपालका अग्रणी मदिरा उत्पादन तथा वितरण कम्पनीहरू, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरीले आफ्नो वितरण सञ्चालनलाई थप डिजिटल र व्यवस्थित बनाउन आईएमएस सफ्टवेयरसँग सहकार्य गरेका छन् ।

आईएमएस सफ्टवेयरले दुवै कम्पनीका लागि अत्याधुनिक डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम (डीएमएस) र सेल्स फोर्स अटोमेसन (एसएफए) तयार गर्ने भएको छ । सम्झौतापत्रमा हिमालयन डिस्टिलरीका प्रमुख निरज सुवेदी, जावलाखेलका वित्तीय व्यवस्थापक निमिष शर्मा र आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।

डीएमएस प्रणालीमार्फत रियल टाइम स्टक ट्र्याकिङ, अटोमेटेड बिलिङ, वेयरहाउस व्यवस्थापन, बिक्री अनुगमन, स्किम व्यवस्थापन तथा विस्तृत रिपोर्टिङ सहज हुने बताइएको छ । मोबाइलमा आधारित एसएफए प्रणालीमार्फत फिल्ड टिमले लाइभ अर्डर बुकिङ, रुट प्लानिङ, आउटलेट ट्र्याकिङ तथा रियल टाइम डेटा अपडेट जस्ता सुविधा प्राप्त गर्ने विज्ञप्तीमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully