कार्यशालामा भूपरिवेष्टित विकासशील देशले सामना गर्नुपर्ने संरचनात्मक चुनौती र अवसरको विश्लेषण गरियो, जसमा नेपालकेन्द्रित विषयमा विशेष चर्चा गरिएको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ — संयुक्त राष्ट्रसंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले दिगो यातायात करिडोर अगाडि बढाउँदै भू–परिवेष्टित विकासशील देशको सम्पर्क–सम्बन्ध सुदृढ गर्ने विषयमा राष्ट्रिय क्षमता अभिवृद्धि कार्यशाला गरेको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघ निक्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा काठमाडौंमा आयोजित एकदिने कार्यशालामा नीति–निर्माता, यातायात अर्थशास्त्री, व्यापार सहजीकरण विशेषज्ञ, पेसागत रसद (लजिस्की) व्यवसायी र क्षेत्रीय सरोकारवालाको व्यापक सहभागिता रहेको युनेस्क्यापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यशालामा भूपरिवेष्टित विकासशील देशले सामना गर्नुपर्ने संरचनात्मक चुनौती र अवसरको विश्लेषण गरियो, जसमा नेपालकेन्द्रित विषयमा विशेष चर्चा गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सत्रहरूमा नीतिसम्बन्धी महत्त्वपूर्ण विषयवस्तु, दिगो यातायात करिडोरको विकास र क्षेत्रीय सम्पर्क स्वरूपदेखि कागजरहित व्यापार, हरित बन्दरगाह प्रोटोकल, दिगो ढुवानी अभ्यास र डिजिटल रसद प्रणालीको अवलम्बनसम्मका विषयमा चर्चा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
