सीईओको राजीनामा भ्रामक : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सीईओ ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भन्दै प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकले ध्यानाकर्षण गराएको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

CEO's resignation misleading: Nepal Investment Mega Bank

काठमाडौँ — केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भन्दै प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकले ध्यानाकर्षण गराएको छ ।

उक्त समाचार भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न सरोकारवालालाई बैंकले अनुरोधसमेत गरेको छ ।

कान्तिपुर

Link copied successfully