मेरियटले विद्यालयमा बनाइदियो विज्ञान प्रयोगशाला

कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडका सञ्चालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

Marriott builds science lab at school

काठमाडौँ — काठमाडौं मेरियट होटलले काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीका लागि लन्च बक्स प्रदान गरेको छ ।

कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी उक्त सहयोग गरिएको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडका सञ्चालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे ।

विज्ञान प्रयोगशालाको उपलब्धता विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धितर्फको महत्त्वपूर्ण कदम रहेको विज्ञप्तिमा उल्लेख छ ।

आवश्यक विज्ञान सामग्रीसहितको प्रयोगशालाले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर प्रयोगात्मक सिकाइमा सहभागी हुने अवसर दिने विज्ञप्तिमा जनाइएको छ ।

विद्यार्थीको समग्र हितलाई ध्यानमा राख्दै लन्च बक्स पनि वितरण गरिएको थियो ।

समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको काठमाडौं मेरियट होटलका अध्यक्ष शशिकान्त अग्रवालले उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully