मेटलाइफ नेपाल पुग्यो जुम्ला

यो विस्तार मेटलाइफ नेपालको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बिमा सेवा सहज रूपमा पुर्‍याउने प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीको दाबी छ ।

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

MetLife Nepal reaches Jumla

काठमाडौँ — मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।

यसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बिमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो विस्तार मेटलाइफ नेपालको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बिमा सेवा सहज रूपमा पुर्‍याउने प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीको दाबी छ ।

‘जुम्लाका बासिन्दाले भोग्दै आएका विशेष चुनौतीहरू— जस्तै सीमित पूर्वाधार र वित्तीय सेवासम्मको दूरी— लाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

जुम्ला समुदायलाई थप सहयोग पुर्‍याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।

कान्तिपुर

Link copied successfully